छोम्रोङका दिपेन्द्रलाई घोडा दौडको उपाधि
पाेखरा | पुस २०, २०८०
पोखरा: २५ औं ल्होछार घलेल महोत्सवमा आयोजितमा घोडा दौडको उपाधि छोम्रोङका दिपेन्द्र गुरुङले जितेका छन् । बौद्ध सृजना युवा क्लबले तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा आयोजना गरेको घोडा दौडमा छोम्रोङका दिपेन्द्र गुरुङ प्रथम, उल्लेरीका सुमित पुन द्धितिय र छोम्रोङका अमित गुरुङ तृतीय भए । घोडा दौडमा प्रथममा भएका गुरुङले ४० हजार र द्धितीय भएका पुनले २० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
कास्कीको माछापुच्छ«े गाउँपालिका ८/९ घलेलमा पुष १५ देखि २० गतेसम्म २५ औं ल्होछार घलेल महोत्सव भएको थियो । ल्होछार घलेल महोत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, पौढ भलिबल, ठेलो, रस्साकस्सी, अन्धानिशान, सामुहिक नृत्य, घोडा दौडे, महिला कुर्ची दौड प्रतियोगिता सम्पन्न भएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

